News

Aug 6, 2010

आदिवासीद्धारा आन्दोलन घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भरतपुर, श्रावण २१ - संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सरकार गठन र विघटनको फोहोरी खेलमा लागेको भन्दै आदिवासी जनजातिहरु आन्दोलित भएका छन् । आदिवासी जनजाति महासंघ चितवनले आज पत्रकार सम्मेलन गरि यस वर्षको १६ औं आदिवासी दिवश अधिकारमुखी आन्दोलनको रुपमा मनाउने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा आदिवासी जनजातिका वक्ताहरुले संविधान बनाउन थपिएको १ वर्षको समय ठुला दलहरुले सत्ताको भागबण्डामै बिताउन भएकाले जनदबाब आवश्यक रहेको औल्याएका छन् ।
राजनितिक दलहरुकै गैरजिम्मेवारीपन र अर्कमण्यताले संक्रमणकाल लम्बिएको र ३ करोड नेपाली जनताको चाहना नयां संविधान जारी हुन नसकेको उनीहरुले आरोप लगाए । आन्दोलन स्वरुप आदिवासी जनजातिहरुले साउन ३० गते देशव्यापी चक्काजाम र नाकाबन्दीको घोषणा पहिले नै सार्वजनिक गरिसकेको छ । आदिवासी जनजातिहरुले सबै वर्गको हकअधिकार जाति, भाषा र ऐतिहासिक पहिचान सहितको स्वायत्त राज्यमा जातिय स्वशासन र आत्मनिर्णयको अधिकार लगायतका माग गर्दै आएका छन् ।

No comments: