News

Aug 8, 2010

लेबनान गएका १५ नेपाली महिलाले आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २३ - घरेलु काममा लेबनान गएका १५ नेपाली महिलाले एक वर्षमा घरमालिकको यातना सहन नसकी आत्महत्या गरेका छन् । उनीहरू २० देखि ३० वर्षका छन् । 'आर्थिक, मानसिक, शारीरिक र यौन दुव्र्यवहार सहन नसकी आत्महत्या गर्नेहरू बढिरहेका छन्,' लेबनानस्थित नेपाली काउन्सिलका स्वयंसेवी दीपेन्द्र उपे्रतीले भने, 'करिब एक वर्षमा मात्रै १५ नेपाली महिलाले ज्यान फालेका छन् ।' गत माघयता मात्रै दोलखा-काटाकुटीकी सुस्मिता मोक्तान, हेटांैडा-कमानेकी अस्मिता लामा, मेघा कल्पना, उदयपुरकी शान्ती परियार, काभ्रे-सपिङकी मिसा परियार र म्यादी पोखरापानीकी लीला आचार्यले आत्महत्या गरेका छन् । आर्चायले लेबनान पुगेको एक महिनापछि नै आत्महत्या गरेकी हुन् ।

No comments: