News

Aug 8, 2010

प्रचण्ड र रामचन्द्र जतिपटक हारे पनि नभाग्ने अठोट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चौथो पटक पराजित भइसक्दा समेत प्रधानमन्त्रीका लागि प्रतिस्पर्धी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जतिपटक हारे पनि मैदानबाट नभाग्ने अठोट गर्नुभएको छ।माओवादीका पदाधिकारी र कांग्रेस कार्यसमितिको शनिबार बसेको बैठकले आ-आफ्ना उम्मेदवारलाई चुनावी मैदानमा कायमै राख्ने निर्णय गरेको छ। चौथो पटक पनि प्रधानमन्त्री चयन हुन नसकेपछि अघिल्लो हप्ता सहमतिका लागि विकल्पका बारेमा व्यापक बहस प्रारम्भ गरिएको थियो र नेपाली कांग्रेस पदाधिकारी बैठकले चौथो चरणमा पनि पराजित भए सहमतिको विकल्प खोज्ने निर्णय गरेको थियो। तर कांग्रेसको शनिबार बसेको बैठकले उम्मेदवारीलाई निरन्तरता दिने गरी अघिल्लो पदाधिकारी बैठकको निर्णयलाई सच्याएको छ।

No comments: