News

Aug 5, 2010

संयुक्त तराई मुक्ति मोर्चाका महासचिव निष्कासन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका महासचिव कौटिल्य शर्मा भन्ने संजय गुप्तालाई मोर्चाको साधारण सदस्यता समेतबाट निष्कासन गरिएको छ। संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाले आज एक विज्ञप्ति निकाली गुप्तालाई केन्द्रीय कमाण्डको निर्णय अनुसार आजैको मितिदेखि निष्कासन गरिएको जनाएको हो।गुप्ता विचारको राजनीतिभन्दा अपराधीहरुसँग साँठगाँठ गरी संगठनको छवि धुमिल गर्न खोजेको, आथिर्क असुलीको लागि अपराधीहरुसित मिली निर्दोष नागरिक तथा व्यापारीहरुको हत्यामा संलग्न रहेको, केन्द्रीय हाई कमाण्ड तथा केन्द्रीय कमिटीलाई जानकारी नगराई मनपरी ढंगले एक्लै विज्ञप्ति निकाली भ्रम सिर्जना गर्न खोजेको, नेता तथा कार्यकर्ताहरुको विरुद्धमा षड्यन्त्र गरेको लगायतको कारण देखाई उनलाई निष्काशित गरिएको प्रेसविज्ञप्तिमा जनाइएको छ।

No comments: