लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २० - एकीकृत नेकपा (माओवादी) निकट जनमुक्ति सेनाले खाली दरबन्दीको पदपूर्तिका लागि भर्ती खोले पनि आजसम्म कसैले दर्खास्त हालेका छैनन्। जनमुक्ति सेना, नेपाल सैनिक मुख्यालयका प्रवक्ता चन्द्रप्रकाश खनाल 'बलदेव' ले आफूहरूले भर्ना खोल्ने निर्णय गरे पनि यसका लागि निश्चित अवधि नतोकिएकाले कुनै दरखास्त नपरेको हुनसक्ने प्रतिक्रिया दिए। भर्ना खोल्ने कुरालाई हालका लागि नीतिगतरूपमा मात्र स्पष्ट पारिएको बताउँदै प्रवक्ता खनालले भने - '२०६५ फागुन १९ गते भर्ना खोली छनोट गरिएका तीन हजार ४०० जनालाई समावेश गर्ने वा नगर्नेबारे छलफल मै छौँ। जनरल स्टाफ बैठक बसी यसबारे टुङ्गो लागेपछि आधिकारिक धारणा सार्वजनिक गर्छौं।' नेपाली सेनाले यही साउन १७ गते भर्नाका लागि विज्ञापन खोलेपछि शान्ति-सम्झौताविपरीत एकपक्षीय रूपमा भर्ना खोलिएको भन्दै एमाओवादी जनमुक्ति सेनाले त्यसको भोलिपल्ट खाली दरबन्दीको पदपूर्तिका लागि भर्ना प्रक्रिया अगाडि बढाउने घोषणा गरेको थियो।
No comments:
Post a Comment