लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २३,उपत्यका सडकमा अब ब्याट्रीबाट चल्ने बस गुड्ने भएका छन्। यसका लागि नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्रिज (नेभी)ले सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्न दुई किसिमको बस ल्याएको छ। १८ सिट क्षमताका ढोका खुल्लै रहने र बन्द हुने दुई किसिमका चार वटा बस नेभीले परीक्षणका लागि ल्याएको यातायात व्यवस्था विभागले जनाएको छ। युरोपतिर प्रचलनमा रहेको यो बस गत साता परीक्षणका लागि यातायात व्यवस्था विभाग पुर्याइएको थियो। 'प्रदुषणरहित र फरक खालको समेत भएकाले प्रोत्साहन स्वरूप सञ्चालन स्वीकृति दिएका हौं', यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक शरद अधिकारीले नागरिकसँग भने। अधिकारीका अनुसार ठाडो उकालोबाहेकको बाटोमा राम्रोसँग चल्ने यी बसमा विभागका प्राविधिक टोलीलाई राखेर परीक्षण गराइएको थियो।
No comments:
Post a Comment