News

Aug 3, 2010

उम्मेद्‍वारी नै नदिएका कङ्ग्रेस नेताले चुनावमा जिते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, साउन १८- राजधानीमा प्रधान मन्त्रीमा उम्मेद्‍वारी दिएर पनि नेता रामचन्द्र पौडेलले तीन पटक पराजय भोग्नुपरिरहेका बेला सुर्खेतमा भने अर्का नेता पूर्णबहादुर खड्का उम्मेद्‍वारी नै नदिइ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनीसँगै अर्का नेता लालबहादुर घले पनि विनाउम्मेदवारी चुनावमा विजयी बनेका छन्। यसको विरोधमा सुर्खेत क्षेत्र नं. १ का कार्यकर्ताले केन्द्रीय निर्वाचन कार्यालयमा उजुरी दिएका छन्। उनीहरुले उम्मेद्‍वार नै नबनेका खड्का र घलेलाई विजयी घोषणा गरिएको निर्णय बदर गर्न माग गरेका छन्।क्षेत्रीय प्रतिनिधित्रय अनन्त पौडेल, नरेशविक्रम ढकाल र वीरबहादुर आरसीद्वारा हस्ताक्षरित उजुरीमा नेपाली कङ्ग्रेसको विधानअनुसार खुल्लाबाट छनौट गर्नुपर्ने ६ जना महाधिवेशन प्रतिनिधिको पदमा ११ जनाले उम्मेद्‍वारी दिएका थिए। आइतबार सम्पन्न मतदानको मतपत्रमा समेत खड्का र घलेको नाम उल्लेख छैन।

No comments: