लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आउँदो चैत्र महिनादेखि राजाको तस्विर अंकित नोटहरु नचल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आगामी फागुनभित्रै राजाको तस्वीर अंकित नोट बजारबाट खिच्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुरले पुराना नोटका आयु कम हुने भएकोले राष्ट्र बैंकले त्यस्ता नोट खिचेर सफा नोट मात्र चलनचल्तीमा लैजान लागेको जानकारी दिनुभयो । ग्राहकलाई पुराना, कोरिएका, स्टिच लागेका र राजाका तस्वीर भएका नोट भुक्तानी नदिन बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिइसकेका छौं,’ विभागका कार्यकारी निर्देशक ठाकुरले भन्नुभयो । ग्राहकबाट बैंक तथा बित्तिय संस्थामा आएका नोट राष्ट्र बैंकमा साटेर सफा नोट लैजाने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
No comments:
Post a Comment