News

Jan 31, 2011

शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति प्रकृया र सरकार गठन लगायतका विषयमा छलफल आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन टुंगिएको छ। सिंहदरबारस्थित शान्ति मन्त्रालयमा बसेको बैठकमा दलहरुले पुरानो अडान नछाडेपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो। बैठकमा माओवादी लडाकू समायोजन र मोडालिटी लगायतका विषयमा समेत छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठको उपस्थिती रहेको थियो। यसैगरी कांग्रेसबाट सभापति सुशील कोइराला, नेताहरु रामचन्द्र पौडेल, रामशरण महत र कृष्ण सिटौला तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुको सहभागीता रहेको थियो।

No comments: