News

Jan 27, 2011

तीन दलको बैठक निष्कर्षविहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रमुख तीन दलको बिहीबार होटल र्‍याडिसनमा बसेको बैठक माओवादी लडाकु समायोजनको संख्या र 'मोडालिटी' लगायतका विषयमा कुरा नमिलेपछि निष्कर्षविहीन भएको छ। बहुमतीय प्रणालीमा भएपनि सर्वसम्मत रुपमा प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न दलहरु प्रयासरत छन्। बैठकबाट बाहिरिएका एमाले अध्यक्ष झलनाथ खनालले बैठकमा सहमति जुट्न नसकेको संकेत गरे । उनले आपसी अविश्वास हटाउन छलफल सकारात्मक भइरहेको जनाए । उनले लडाकुको समयोजन लगायतका विषयमा छलफल भइरहेको बताए । उनले अर्को बैठक शनिबार बस्ने जानकारी दिए । प्रधानमन्त्री माधवकुमार नेपाल र अध्यक्ष खनाल बैठकबाट बाहिरिएपनि एमालेका अन्य नेताहरु होटल मै छन् । माओवादी र कांग्रेसबीच द्विपक्षीय वार्ता पनि भएको छ ।
बुधबार दिनभर गोकर्ण रिसोर्टमा तीन दलबीच भएको छलफलमा कांग्रेस र एमालेले लडाकु समायोजन र 'मोडालिटी'मा सहमति जनाएर कार्यान्वयनमा गए माओवादी नेतृत्वमा सरकार स्विकार्न सकिने संकेत दिएको थियो । बैठकमा तीन वटै दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय सीमा बुधबार सकिएको छ । बहुमतीय प्रणालीमा जाने राष्ट्रपतिको पत्र प्राप्त भएपछि बिहीबार व्यवस्थापिका संसदले प्रधानमन्त्री निर्वाचनका लागि माघ २० गते १ बजेका लागि समय निर्धारण गरेको छ ।

No comments: