News

Jan 14, 2011

सरकार र माओवादीवीच ३ बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीवीच शिविरमा रहेका माओवादी लडाकुलाई सेना समायोजन विशेष समिति मार्फत ल्याउने सहमति भएकोछ । राजधानीको पाँचतारे होटल र्याडिसनमा दुई पक्षवीच भएको छलफलमा तीन बुँदे सहमति भएको हो । प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट हस्ताक्षर भएको सहमतिमा माओवादी लडाकुलाई विशेष समितिको मातहतमा ल्याउने कामका अतिरिक्त विशेष समितिका तीन सदस्य र प्राविधिक समितिका तीन तीन सदस्य रहेको समितिले हतियार र लडाकुको अनुगमन गर्ने सहमति पनि भएको माओवादी नेता वर्षामान पुन ले जानकारी दिनुभयो । तीन बुँदे सहमति पत्रमा अनमिनको अहिलेसम्मको कामकोलागी धन्यवाद समेत दिईएको छ । बैठक पछि जारी तीन बुँदे सहमतिपत्रमा अन्तरीम संविधानको भावना अनुसार बिगतका सहमति र सम्झौताहरुको कार्यान्वयन गर्ने लडाकु र नेपाली सेना तथा हतियारको अनुगमन गर्नका लागि ६ सदस्सीय संयन्त्र गठन गर्ने तथा अनमिनले शान्ति प्रक्रियामा पुराएको सहयोगका लागि धन्यावाद दिने सहमति भएको उल्लेख छ । बैठक पछि सन्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री माधवकुमार नेपालले अनमिनले पुराएको सहयोगबाट सरकार अत्यन्तै खुशी रहेको बताउनु भयो । उहाँले माओवादी र अन्य पक्षहरु मिलेर शान्ति प्रकि्रयालाई टुङगोमा पुराउने बताउनु भयो ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि आज भएको तीन बुँदाको सहमतिले शान्ति प्रकि्रयालाई सहयोग मिल्ने बताउनु भयो । आज मध्यरात देखि अनमिनको कार्यादेश फिर्ता हुने भएपछि माओवादी लडाकु र हतियारको अनुगमनका लागि के गर्ने भन्ने बिषयमा दुबैपक्षवीच बार्ता भएको हो ।बार्तामा प्रधानमन्त्री माधवकुमार नेपाल गृहमन्त्री भिम रावल र एमाले महासचिव ईश्वर पोखरेल तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष मोहन बैद्य र नेता बर्षमा पुनको सहभागिता रहेको थियो ।

No comments: