News

Jan 12, 2011

प्रधानमन्त्री निर्वाचन सार्न माओवादी मानेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २८ - प्रधानमन्त्री चुनावको केही घण्टाअघि कांग्रेसले निर्वाचन सार्न गरेको प्रस्ताव माओवादीले अस्वीकार गरेको छ । माओवादीले निर्धारित समयमा नै चुनाव गर्नुपर्ने माग गरेको छ । माओवादीसँग भएको छलफलपछि अहिले कांग्रेसले एमालेसँग छलफल गरिरहेको छ । एमाले भने कांग्रेसको मागप्रति सकारात्मक देखिएको छ । अन्यौलका कारण अपरान्ह २ बजे सुरु हुनुपर्ने निर्वाचन प्रक्रिया अझै सुरु भएको छैन । उम्मेदवारी फिर्ताबारे केन्द्रीय समितिले निर्णय गर्न बाँकी रहेकाले एक दिन निर्वाचन सार्न कांग्रेसले प्रस्ताव गरेको हो । उसको प्रस्तावप्रति मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत केही साना दलले समर्थन गरेका छन् । एमाले, माओवादीसहित केही साना दलले भने घोषित निर्वाचन मिति सार्न नसकिने बताएपछि निर्वाचन अन्यौलमा परेको छ । यसबारेमा सहमति जुटाउन संविधानसभा भवनमा दलहरुबीच छलफल भइरहेको छ ।

No comments: