News

Jan 29, 2011

सहमतीको सरकार बनाउन दुई वटा बिकल्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले राष्ट्रिय सहमतीको सरकार बनाउन दुई वटा बिकल्प रहेको भन्दै सहमतीका लागि एकीकृत माओवादीलाई विश्वासको बातावरण बनाउन आग्रह गर्नु भएको छ । सञ्चार समिक्षा मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री पोखरेलले कांग्रेस र एमालेको पूर्व सर्त मानेर एकीकृत माओवादी नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउने वा अन्य दलको सहमतीमा राष्ट्रिय सहमतीको सरकार बनाउने बिकल्प रहेको बताउनु भयो । उहाँले सहमतीको सरकार बताउने भन्नेर कांग्रेस र एमालेले राखेका सर्त मान्दिन भनेर हिजो मात्रै गरेको माओवादी स्थायी समिति बैठकका निर्णय सर्वसत्तावादी रहेको बताउनु भयो ।
सहमतीय सरकार बनाउने भएमा माओवादीले कांग्रेस र एमालेलाई विश्वासमा लिनु पर्ने बताउनु भएका सञ्चारमन्त्री पोखरेलले अन्यथा अरु दलको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बताउनु भएको छ । संसद नियमावली संशोधन गरेपनि प्रधानमन्त्री निर्वाचनबाट निकास आउन सक्नेमा आशंका जनाउनु भएका उहाँले कुनै ठुलो दलले नियमन नमानेमा कसैको केही नलाग्ने बताउनु भएको छ । ठुला दललाई कानून वा नियमावलीको कुनै अर्थ नहुने बताउनु भएका सञ्चारमन्त्री पोखरेलले अर्थमन्त्री माथि सांघातिक आक्रमण गर्ने दलका सभासदलाई कुनै कारबाही हुन नसकेको बताउनु भयो । उहाँले सभामुखले मन्त्री माथि आक्रमण गर्ने एकीकृत माओवादीका सभासदलाई कारबाही गर्न नसकेको भन्दै संशोधित नियमावली कार्यान्वयन हुनेमा आशंका ब्यक्त गर्नुभएको छ ।

No comments: