News

Jan 12, 2011

अन्तत: ओलीले पनि पौडेललाई उमेद्वारी फिर्ता लिन भने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाम लोकतान्त्रिक गठबन्धलाई कायम राख्दै काग्रेस नेतृत्वको सरकारको बकालत गर्दै आएका प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीले काग्रेससँग उमेदवारी फिर्ता लिन आग्रह गरेपछि काग्रेसभित्र सो विषयलाई लिएर विवाद सुरु भएको छ । प्रधानमन्त्री निर्वाचनलाई लिएर भावी रणनीति तय गर्न सभापति सुशिल कोइराला निवासमा बसेको केन्द्रीय कार्य समितिको अनौपचारिक बैठक स्थलमै गएर नेता ओलीले सभापति कोइरालालाई शान्ति र संविधानकोलागी सहमतिको सरकार आवश्यक रहेको भन्दै त्यसकालागी काग्रेसलाई उमेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
उनले काग्रेसले उमेदवारी फिर्ता लिए चकि्रय प्रणालीमा जान सकिने र त्यस्तो अवस्थामा पहिलो नेतृत्व काग्रेसलाई नै दिन आफूहरुले सहयोग गर्ने प्रस्ताव राखेका थिए । ओली बाहिरिए लगत्तै प्रधानमन्त्री नेपालको काग्रेसलाई उमेदवारी फिर्ता लिन आग्रह गर्दै पठाएको पत्र लिएर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्त कोइराला निवास पुगेका थिए ।
प्रधानमन्त्रीको पत्रमा शान्ति र संविधानकोलागी सहमति आवश्यक रहेको स्मरण गराउँदै राष्ट्रिय सहमति कायम गर्न काग्रेसलाई उमेदवारी फिर्ता लिन आग्रह गरिएको छ । ओली र प्रधानमन्त्रीको प्रस्तावलाई लिएर काग्रेसमा मत विभाजन भएको थियो । सभापति सुशिल कोइरालाले नेतृत्व गर्नुभएको पक्षले उमेदवारी फिर्ता लिएर सहमतिमा जानु पर्ने प्रस्ताव राखेको थियो भने शेरबहादुर देउवाले नेतृत्व गरेको धारले पौडेललाई प्रधानमन्त्रीको उमेदवार बनाउने निर्णय गरेकोले केन्द्रीय कमिटिको बैठक नबसी उमेदवारी फिर्ता लिन नसकिने अडान राखेको थियो । सोही कारण आजको बैठकले सो विषयमा कुनै निर्णय गर्न सकेन ।

No comments: