News

Jan 12, 2011

शिक्षाका कार्यक्रम दाताकै भरमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२७ पुस,सरकारले शैक्षिक सुधारका नयाँ कार्यक्रम दातृ निकायको सहयोगमा मात्र ल्याउने गरेको छ । शिक्षा मन्त्रालयले हाल विश्वबैंकको करिब ४० मिलियन अमेरिकी डलर सहयोगमा नयाँ कार्यक्रम ल्याउने तयारी गरेको हो । विश्वबैंकको अनुदानमा सरकारले पछिल्लोपटक 'भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ' कार्यक्रम ल्याउने तयारी गरेको हो । प्रधानमन्त्रीको विशेष अनुरोधमा विश्वबैंकले नयाँ कार्यक्रमका लागि सहयोग दिन लागेको छ । कार्यक्रमको सहमति भएपछि कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको छ ।
शिक्षा मन्त्रालयले दाताको सहयोग निरन्तरताका लागि सन् २००९-१० देखि विद्यालय क्षेत्र सुधार कार्यक्रम -एसएसआरपी) सञ्चालन गरेको छ । सबैका लागि शिक्षा कार्यक्रमको सम्झौता अवधि सकिएपछि दातृ निकायको सहयोगलाई निरन्तरता दिन एसएसआरपी कार्यक्रम सुरु गरिएको शिक्षा मन्त्रालयका अधिकारीले जानकारी दिए । एसएसआरपी कार्यक्रममा सबैका लागि शिक्षा, विद्यालयको व्यवस्थापन समुदायमा हस्तान्तरणलगायत कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । यी कार्यक्रम दाताहरूकै सुझाबमा आएका हुन् ।

No comments: