News

Jan 18, 2011

शिविरका लडाकु हस्तान्तरण कार्यक्रम माघ ८ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शिविरमा रहेका एकीककृत माओवादीका लडाकु र हतियार माघ आठ गतेदेखि औपचारिकरुपमा सेना समायोजन विशेष समिति मातहत ल्याइने भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको सरकार– माओवादी बैठकमा लडाकु र हतियार विशेष समिति मातहत ल्याउने सहमति भएको हो। सरकार र माओवादी बीच पुस ३० गते भएको तीन बुँदे सहमति अनुरुप नै लडाकु र हतियार विशेष समिति मातहत ल्याउन लागिएको हो । चितवनको शक्तिखोरस्थित शिविरमा शनिवार विशेष समारोह गरी माओवादी लडाकु विशेष समिति मातहत ल्याइएको घोषणा गरिने छ। सरकार माओवादीबीच लडाकु जिम्मा लगाउने कार्यक्रमको तयारी विशेष समितिले र व्यवस्थापन गृह मन्त्रालयले गर्ने सहमति पनि भएकेा छ। बैठकमा एकिकृत माओवादीले सरकारले भारतवाट हतियार ल्याउन लागेको विषयमा समेत आपत्ति जनाएको थियो। तर यस विषयमा माओवादीले विरोध नगर्ने भएको छ। सरकारले सेनाको तालिमका लागि अत्यावश्यक सामाग्री ल्याउन लागेको जानकारी गराएपछि माओवादीले सो विषयमा विरोध नगर्ने जनाएको छ। सरकार र माओवादीबीच, तीन बुँदे सहमति अनुसार गठन हुने विशेष समितिको संयन्त्रमा छलफल गरेर बाँकी विवाद टुग्याउने सहमति पनि भएको छ। जसका लागि चाँडै संयन्त्र गठन गर्न पहल गरिने भएको छ। यसअघि आज नै लडाकुलाई विशेष समिति मातहत राख्ने सहमति भएको थियो। तर प्राविधिक काम नमिलेको भन्दै लडाकु हस्तान्तरणको काम शनिवारका लागि सारिएको हो।

No comments: