लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २५ - साउदी अरबको जेद्दामा एघार महिनाअघि भएको सामूहिक झगडामा परेर मारिएका भारतीय श्रमिकको हत्या अभियोगमा ११ नेपाली स्थानीय बरिमान जेलमा थुनिएका छन् । साउदीमा गैरकानुनी अवस्थामा रहेका नेपाली श्रमिकहरू प्रहरीबाट पक्राउ परेर घर फिर्ती केन्द्रमा जान जेद्दास्थित एउटा पुलमुनि बस्ने गरेका छन् । 'हामी पक्राउमा पर्न बसिरहेका बेला इन्डोनेसियन, इन्डियन, पाकिस्तानी, बंगाली, श्रीलंकनसहितका चार सयभन्दा बढी श्रमिकबीच झगडा हुँदा ती भारतीय मारिएका थिए,' जेल सजाय बेहोरिरहेका मोरङका भीम चिमोरियाले ईकान्तिपुरसंग फोनमा भने, 'पछि प्रहरीले हामीसहित २६ नेपालीलाई पक्रेर जेल लगेको थियो ।' पछि अरू नेपालीहरू छुट्दै गए पनि कुनै छानबिन र अनुसन्धानबिनै आफूहरूलाई थुनामै राखिएको चिमोरियाले बताए ।
No comments:
Post a Comment