News

Jan 21, 2011

राजदूत हमिद अन्सारीले बयान दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
६ माघ,मृतकको परिवारले पाउनुपर्ने क्षतिपूर्ति रकम लुकाएको आरोप लागेका साउदी अरेबियाका लागि राजदूत हमिद अन्सारीले परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष प्रस्टीकरण दिने भएका छन् । परराष्ट्रको पटक-पटकको ताकेतापछि राजदूत अन्सारी बुधबार काठमाडौँ आएका छन् । उनी साउदीमा मृत्यु भएका रमेश सुवेदीका आफन्तलाई क्षतिपूर्तिबापत एक लाख रुपैयाँ हस्तान्तरण गर्ने सोचसमेत बनाएर आएको परराष्ट्र स्रोतले बतायो । 'राजदूतले मन्त्रालय र अख्तियारसमक्ष लिखित स्पष्टीकरण दिनेछन्,' परराष्ट्र स्रोतले भन्यो, 'पीडितका आफन्तलाई पनि आफैँले रकम हस्तान्तरण गर्नेछन् ।'
मृतक सुवेदी र अन्य तीनजनाका आफन्तले राजदूत अन्सारीले क्षतिपूर्तिबापत पाउनुपर्ने रकम लुकाएको भन्दै परराष्ट्रमा लिखित निवेदन दिएका थिए । सुवेदीका आफन्तले २० लाख र अन्यले पाँच लाख राजदूतले लुकाएको आरोपसहीत मन्त्रालयमा निवेदन दिएका थिए । 'अन्सारी परराष्ट्र सचिवकै ताकेतामा काठमाडौं आएका हुन्, उनलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको थियो,' परराष्ट्रस्रोतले भन्यो । परराष्ट्रले राजदूत अन्सारीले पठाएको जवाफ चित्तबुझ्दो नभएको भन्दै यसअघि तीनपटक पत्राचार गरी लिखित प्रस्टीकरण मागेको थियो । अन्तिमपटक सचिव भट्टराई आफैँले पत्र पठाएका थिए । अख्तियारले पनि अन्सारीका सम्बन्धमा वास्तविकता जानकारी गराउन परराष्ट्रलाई पत्र पठाएको थियो ।

No comments: