News

Jan 13, 2011

संसदको कार्य सञ्चालन नियमावली संशोधन गर्न समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया सुरु गर्न संसदको कार्य सञ्चालन नियमावली संशोधन गर्न समिति गठन गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले नियमावली संशोधनको मस्यौदा तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको हो । समिति गठनको प्रस्ताव केहीबेरमा बस्ने संसदको बैठकले पारित गर्नेछ । समितिमा एकीकृत नेकपा माओवादीका एकराज भण्डारी, कांग्रेसका राधेश्याम अधिकारी, एमालेका अगनस् खरेल, सदभावना पार्टीका अनिल झा र जनता दलकी गायत्री साह रहनु भएको छ । कार्यदलले प्रधानमन्त्रीको निर्वाचन प्रकृया कसरी सुरु गर्ने भनेर सुझाव दिनेछ । दलहरुबीच नयाँ प्रक्रिया राष्ट्रसुरु गर्ने कि बहुमतिय प्रकृयाबाट प्रधानमन्त्री चयन गर्ने भन्नेमा विवाद छ । बैठकमा कांग्रेस, एमाले लगायतका दलहरुले नयाँ प्रक्रिया राष्ट्रपतिबाटै सुरु गर्नु पर्ने बताएपनि माओवादीले अस्वीकार गरेको छ ।
माओवादीले अन्तरिम संविधानको धारा ३८ को ख अनुसार बहुमतिय प्रक्रियाबाटै प्रधानमन्त्रीको निर्वाचन गर्नु पर्ने अडान लिएको नेपाल परिवार दलका एकनाथ ढकालले जानकारी दिनुभयो । संविधान र संसद नियमावलीमा पटक-पटकको प्रधानमन्त्री निर्वाचनबाट पनि परिणाम ननिस्केपछि सबैको उम्मेदवारी फिर्ता भए के गर्ने भन्ने कुनै प्रावधान छैन । अन्तरिम संविधानको धारा ३८ को उपधारा १ मा राष्ट्रपतिबाट सहमतिमा प्रधानमन्त्री छान्न समय दिने र धारा ३८ को २ मा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छनोट गर्न संसदलाई आग्रह गर्ने प्रवधान छ ।

No comments: