News

Jan 30, 2011

शान्ति र संविधान निर्माणका लागि पाल्पामा दवाब र्‍याली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति र संविधान निर्माणका लागि भन्दै नेपाल पत्रकार महासघं पाल्पा शाखाले तानसेनमा आईतवार दबान र्‍याली निकालेको छ । शाखा कार्यालय रहेको सिल्खानटोलबाट सुरु भएको र्‍याली मखनटोल, शित्तलपाटी, नारायणस्थान, भिमसेनटोल हुँदै टुँडीखेलमा पुगी समापन गरिएको थियो । 'संविधानमा प्रेस स्वतन्त्रता सुनिश्चित गर' 'तोकिएको मितिमा संविधान जारी गर' 'जनआन्दोलनको म्यान्डेटलाई पालना गर' 'दण्डहिनताको अन्त्य गर' 'शान्ति र संविधानका लागि एकता र सहकार्य कायम गर' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर पत्रकारहरुले बजार परिक्रमा गरेका थिए ।पत्रकार महासंघका शाखा सल्लाहाकार झपेन्द्र गहिरे, नागरिक समाजका भेषराज सुवेदी, शाखा अध्यक्ष भगवान भण्डारीले शान्ति र संविधान निर्माणका लागि सबैको दबाब आवश्यक भएको बताए । महासंघको केन्द्रिय कार्यक्रम अनुसार गरिएको दवाव मुलक कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठन, नेपाल वार एशोसियसन लगायतका संघसंस्थाले ऐक्यवद्धता जनाएका थिए ।

No comments: