News

Jan 26, 2011

सेनाको सरुवामा राष्ट्रपतिको दबाब

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ माघ,प्रधानसेनापति छत्रमानसिंह गुरुङले राजनीतिक दबाबमा परेर सेनाको नियमित सरुवा र पुनर्संरचना प्रस्ताव कार्यान्वयन गर्न सकेका छैनन् । सेनाको आन्तरिक सरुवाका विषयमा उनलाई राष्ट्रपतिसम्मको दबाब आइरहेको स्रोतले बताएको छ । सामान्य अवस्थामा हरेक दुई-दुई वर्षमा सेनाका विभागमा नेतृत्व फेरबदल हुने गर्छ । तर, केही विभागमा रुक्मांगत कटवालको पालादेखि नै उही नेतृत्व कायम छ । स्रोतका अनुसार सेनापति गुरुङले सेनाभित्र सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण मानिने युद्धकार्य महानिर्देशनालयबाट गौरवशमशेर राणालाई सरुवा गरी आप\mना बहिनीज्वाइँ दमन घलेलाई ल्याउन खोजेका थिए । गौरवलाई निरीक्षाधिकृतमा सरुवा गर्ने उनको योजना थियो । तर, गौरवलाई सरुवा नगर्न राष्ट्रपति डा. रामवरण यादवले नै सेनापतिलाई दबाब दिएको स्रोतको दाबी छ ।
युद्धकार्य महानिर्देशनालयले सेना परिचालन, सूचना संकलन र अपरेसनसम्बन्धी सबै काम गर्छ । गौरव युद्धकार्य महानिर्देशनालयमा झन्डै तीन वर्षदेखि कार्यरत छन् । उनी भावी प्रधानसेनापति बन्ने लाइनमा समेत छन् । कार्यरथी विभागमा रहेका नेपालभूषण चन्द पनि साढे दुई वर्षदेखि सरुवा भएका छैनन् । राष्ट्रपतिबाट समेत दबाब आएपछि सेनापति गुरुङले आन्तरिक सरुवा गर्न नसकेको स्रोत बताउँछ ।

No comments: