News

Jan 13, 2011

माओवादीका उपाध्यक्ष बाबुराम फेरि मुम्वई प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराई एक सातामा आज दोस्रो पटक भारत भ्रमणमा निस्कनु भएको छ । भारतको औद्योगिक शहर मुम्बईमा बामपन्थी प्रोफेसर अनुराधा गान्धीले आयोजना गरको द रोड टु न्यू डेमोक्रेसी नेपाल प्रोब्लम एण्ड च्यालेन्ज नामको गोष्टिमा मुख्य बक्तको रुपमा सहभागी हुन भट्टराई त्यतातर्फ जानु भएको हो । उहाँले भोली साझँ मुम्बईमा आफ्नो धारणा ब्यक्त गर्नुहुने कार्यक्रम रहेको छ ।
मुम्बई प्रस्थान गर्नु अघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले आफू प्रधानमन्त्रीको दौडबाट बाहिर रहेको स्पष्टोक्ति दिनुभएको छ । विभिन्न सर्वेक्षणहरुले उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा देखाएको प्रति संकेत गर्दै उहाँले आफूले पदको लागी राजनीति नगरेको भन्दै आफूलाई पदको कुनै लालसा नभएको बताउनुभयो ।
आफ्नो पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्व र एमालेका नेता माधवकुमार नेपाल नेतृत्वको सरकार नेतृत्वको बहुमतको सरकारले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै फेरि बहुमतको सरकार बन्ने अवस्थामा आफ्नो पार्टी प्रतिपक्षमा बस्ने दावी गर्नुभयो । उहाँले सहमतिको सरकारले मात्रै शान्ति र संविधानलाई सुनिश्चित गर्न सक्ने ठोकुवा गर्दै माओवादी सहमतिको सरकारमा मात्र सहभागी हुने बताउनुभयो ।
उहाँले अन्य कुनै दलको नेतृत्वमा बन्ने बहुमतको सरकारलाई माओवादीको सर्मथन नहुने भन्दै आफ्नै पार्टीको नेतृत्वमा बहुमतीय सरकार बन्न सक्ने अवस्थामा भने सोच्न सकिने बताउनुभयो । यद्यपि उहाँले बहुमतको सरकारले मुलुकमा शान्ति र संविधानलाई सुनिश्चित गर्न नसक्ने भएकोले त्यसतर्फ लाग्न नहुने धारणा राख्नुभयो ।

No comments: