News

Jan 20, 2011

संघीय विद्यार्थी युनियनको चौथो राष्ट्रिय महाधीवेसन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सात बुँदे दमक घोषणपत्र जारी गर्दै संघीय विद्यार्थी युनियनको चौथो राष्ट्रिय महाधीवेसन सम्पन्न भएको छ । झापाको दमकमा मग्लवार, वुधवार र विहिवार तिन दिनसम्म चलेको महाधिवेसनले समानुपातीक प्रणालीका आधरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, एक व्यक्ति एक रोजगारको व्यवस्था, जातीय सामानुपातीक प्रणालीका आधारमा शिक्षक नियुक्ती लगायतका माग लाई अघि सार्दै पार्टिले उठाएका जातिय एतिहासीकताका आधारमा स्वायत्त राज्यको मागलाई सशक्त वनाउने निर्णय गरेको छ । त्यस्तै परिषदका महासचीव चन्द्रगोपाल चोम्जोङ्गले वर्तमान राजनितिक अवस्था, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, संघिय शिक्षा तथा संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षताको सवालमा संगठनका तर्फवाट पेश गर्नुभएको केन्द्रिय समितिको प्रतिवेदन पारित समेत गरेको छ ।
महाधिवेसनमा तामसालीङ, थरुहट, खम्वुवान र लिम्वुवान राज्य परीषदबाट तर्फवाट प्रतिवेदन प्रस्तुत गरीनुका सार्थै संघीय विद्यार्थी युनीयनका जिल्ला समिति रहेका मुलुकका विभिन्न ४५ वढी जिल्लावाट उपस्थित जिल्ला अध्यक्षहरुले आ–आफ्नो जिल्लाको गतिविधिका वारेमा प्रकास पार्नुभएको थियो । मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले उद्घाटन गर्नुभएको महाधिवेसनमा ३ सय प्रतिनिधी र अन्य पर्यावेक्षक गरी ४ सय वढी सहभागि थिए । यसैविच महाधिवेसनको अन्तिम दिन आज चन्द्र गोपाल चेम्जोको अध्यक्षतामा १३ सदस्य केन्द्रिय कार्यसमिति समेत चयन गरेको छ । समितिको महासचिवमा लोकसाग साम्वा तथा उपमहासचिवमा केदार धिमाल र डेन्टल लावती रहनुभएको छ । त्यस्तै सदस्यहरुमा प्रकास खड्का, दिनेस खम्वु, विमला तेयुङ, युवाहाङ्ग सम्वाहाम्फे, रणसिंह लक्सम, अभिसेक मावो, देवेन फागो, केन्द्र सेर्मा र सन्तोस खड्का रहनुभएको छ ।

No comments: