News

Jan 9, 2011

ल्यानग्रेन प्रतिवेदनको तरंग प्रस्तुत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रसंघीय सुरक्षापरिषद्मा अन्मिनप्रमुख करिन ल्यानग्रेनले भ्रामक प्रतिवेदन प्रस्तुत गरेको भन्दै आपत्ति जनाउनुभएको छ। ल्यानग्रेनले नेपालको शान्तिप्रक्रियासम्बन्धी प्रतिवेदनमा नेपालको बदनाम गरेको उहाँले बताउनुभयो। नेपाली कांग्रेस मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। सेनाले कु गर्ने भए पहिले नै गरिसक्थ्यो सेनाले कु गर्ने सम्भावनै छैन। त्यो मनगढन्ते र कपोलकल्पित कुरा हो -उहाँले भन्नुभयो।उहाँले नेपाली सेना स्वस्फूर्त रुपमा लोकतन्त्रीकरण भएको बताउनुभयो। राष्ट्रपति शासन लागू हुन्छ भन्ने पनि मिथ्या कुरा हो। दशौँ वर्ष प्रजातन्त्रका लागि लडेका व्यक्तिलाई अधिनायक शासन गर्छ भन्नु भ्रामक कुराबाहेक केही हैन -उहाँले भन्नुभयो- यस्तो प्रतिवेदनले नेपालीको मानमर्दन मात्र गर्छ।

No comments: