News

Jan 25, 2011

प्रधानमन्त्री निर्वाचनको नयाँ ब्यबस्था बहुमतद्वारा पारित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ११ - संसदले बहुमतद्वारा प्रधानमन्त्री निर्वाचन सम्बन्धी नयाँ ब्यबस्था पारित गरेको छ । मंगलबार दिउँसो बसेको संसदको बैठकले संसद नियमावली संशोधन प्रस्ताव बहुमतले पारित गरेको हो । संशोधित ब्यस्थामा एक मात्र उम्मेदवार भएमा बिश्वासको मत लिनु पर्ने, दुई जना उम्मेदवार भएमा पक्षमा मात्र मत हाल्न पाउने र तीन वा तीन भन्दाबढि उम्मेदवार रहेमा दुई पटकसम्म सबै उम्मेदवारले भाग लिन पाउने र त्यसपछि बढि मत ल्याउने दुई जना मात्र प्रतिस्पर्धामा रहने ब्यवस्थामा गरिएको छ । यसअघिको ब्यवस्था अनुसार एक जना उम्मेदवार भएपनि उनले बहुमत नपाएसम्म निर्वाचन गराइ रहन पर्ने ब्यवस्था थियो ।
नियमावलीको उक्त ब्यवस्थाकै कारण प्रधानमन्त्रीको निर्वाचन परिणाम मुखी हुन नसकेपछि माओवादीका एकराज भण्डारी, कांग्रेसका राधेश्याम अधिकारी, एमालेका अग्नि खरेल, सद्‍भावनाका अनिल झा र जनता दलका गायत्री साह रहेको उपसमिति गठन गरिएको थियो । मंगलबार संसदले बहुमतबाट उक्त उपसमितिले राखेको संशोधन प्रस्ताव बहुमतले पारित गरेको हो । प्रस्तावको बिरुद्धमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापती, तमलोपाका हृदयेश त्रिपाठी, राजपाका प्रकाशचन्द्र लोहनी, मधेशी जनअधिकार फोरमका आत्माराम साह र राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ थिए।

No comments: