News

Jan 15, 2011

नेपाली जनसरोकार समाज हङ्गकङ्ग वाट रु. १,०१,००१ सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एनेकपा माओबादीको बैधानिक मोर्चा नेपाली जनसरोकार समाज हङ्गकङ्गले आज नेपाल कन्सुलेट जनरलको कार्यालय मार्फत अनाथ असहाय तथा सहिद परिवारका बालबच्चा का लागी रु १०१००१ को सहयोग रासी हस्तान्तरण गरेको छ । गत तिहारमा देउसि भैलो वाट सँकलित रकमवाट सो सहयोग जुटाइएको हो । उक्त सहयोग विविन्न जिल्लामा पठाइने भएतापनि मुख्य रुपमा जनजागरण प्राथमिक बिद्यालय जुवाङ्ग रोल्पा मा जाने बुझिएको छ । उक्त बिद्यालयका १५० बिध्यार्थि हाल भवन बिहिन अवस्थामा आफ्नो अध्ययनलाई अधि बढाउन वाध्य भएको अवस्था छ । सानै रकम भएता पनि रकमले कैयौ वालवालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भुमिका हुने विश्वास गरिएको छ ।
नेपाली जनसरोकार समाज हङ्गकङ्गका कार्यावाहक अध्यक्ष कृष्ण बहादुर लिँखा बाट महावाणिज्यदुत बिनोध उपाध्य लाई उक्त रकम औपचारीक रुपमा हस्तान्तरण गरीएको थियो । उक्त कार्यक्रममा एनेकपा माओबादी हःङ्गकङ्गका पार्टि सचिव पुर्ण लोक्सोम नेपाली जनसरोकार समाज चुनवान समितिका अध्यक्ष देबिदास राई सोहि समाज काउलुन समितिका उपाध्यक्ष जजिन चाम्लिङ्ग सह कोषाध्यक्ष मन प्रशाद गुरुङ्ग किराती राष्ट्रिय मुक्तिमोर्चा हङ्गकङ्गका सचिव पिताम्बर राइ लगायको समेत उपस्थिति रहेको थियो । एनेकपा माओबादी हःङ्गकङ्गका पार्टि सचिव पुर्ण लोक्सोमले सो सहयोग तिहारवाट सँकलित भएको हुनाले तमाम हःङ्गकङ्गवासिको नामवाट एक पुनित काममा जाने जानकारी गराउनु भयो । साथै आगामी बर्षहरुमा सो प्रकारको सहयोग लाई अझ ससक्त र देशब्यायि रुपमा निरन्तरता दिईने जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा नेपाली साझा क्लब हाउस तथा शरणर्थि समस्या सम्बन्धि समान्य छलफल भएको थियो । स्मरण रहोस नेपाली जनसरोकार समाज हङ्गकङ्ग विविध हङ्गकङ्ग वासी नेपालिका जनमुखि ५ बँदे माग लिएर गत नोबेम्वरमा पनि दुतावास गएको थियो । साथै गएको ३ महिनामा ८ उप समिति गठन गरी ससक्त साँगठानिक विस्तार गरीसकेको समितिको आगामी ६ फेब्रुवरीमा दोश्रो अधिवेशन हुने जानकरी प्राप्त भएको छ ।

No comments: