लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २६ - एमाले अध्यक्ष झलनाथ खनालले माओवादीसँग मिलेर सरकार बनाउने संकेत गरेका छन् । सोमबार बिहान रेडियो कान्तिपुरसँगको कुराकानीमा खनालले बहुमतीय प्रक्रियाबाट वामदल (माओवादी, एमालेलगायत) बीचको गठबन्धन बन्न सक्ने संकेत गरेका हुन् । अध्यक्ष खनालले सहमतिय सरकार बनाउने प्रयास लगभग असफल भएकाले बहुमतीय प्रक्रियाबाट मुलुकले नेतृत्व पाउने बताएका हुन् । खनालले हात्तिवन र गोर्कर्ण रिर्सोटमा सहमति नजिक पुगेका दलहरु त्यसपछि फेरि टाढिएको बताए । माओवादी र कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने दावी गरेकाले सहमति हुन नसकेको उनको जिकिर थियो । बुधबारको प्रधानमन्त्री निर्वाचनबाट वर्तमान प्रक्रिया खारेज भएपछि सुरु हुने नयाँ प्रक्रियाले मुलुकलाई नयाँ नेतृत्व दिने खनालको दाबी छ ।
फरक प्रसंगमा वैकल्पिक संयन्त्र नबनाई अनमिनलाई विदा गरिनु गलत भएको भन्दै अध्यक्ष खनालले शान्ति प्रक्रियाका विषयमा मुख्य तीन दल तत्काल सहमतिमा पुग्नुपर्नेमा समेत जोड दिए । आफू प्रधानमन्त्री बन्न राष्ट्रिय सहमतिको कुरा गरेको अन्य नेताको आरोप अस्वीकार गर्दै उनले कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी कायम राखेर गतिरोध सृर्जना गरेको आरोप लगाए ।

No comments:
Post a Comment