News

Jan 31, 2011

किरात समुदायको शब पशुपतिमै विसर्जन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैकल्पिक व्यवस्था नहुन्जेल किरात समुदायको शब पशुपतिमै विसर्जन गर्न दिन प्रधानमन्त्री माधवकुमार नेपालले निर्देशन दिएका छन् । हिन्दुहरुका आराध्यदेव क्षेत्र पशुपतिनाथको मन्दिर परिसरमा रहेको श्लेषमान्तक वनमा शवदाह गर्न पाउनुपर्ने माग गर्दै किराँती सङ्गठनहरुले गरेको प्रदर्शनका क्रममा आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरी हस्तक्षेपका कारण काठमाडौँको गौशाला क्षेत्र आज तनावग्रस्त बनेको थियो । प्रदर्शनका क्रममा प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गर्नुका साथै सभासद् सुदन राई र रामकुमार राईसहित १५ जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको थिए । उनीहरुले वैकल्पिक व्यवस्था नभएसम्म पशुपतिक्षेत्रमा नै शव बिस्रजन गर्न पाउनुपर्ने माग अघि सारेका छन् । कि्रश्चियन धर्मावलम्बीले त्यस क्षेत्रमा शव गाड्न थालेपछि विवाद उब्जिएको थियो । मन्त्रिपरिषद्ले पशुपति क्षेत्रमा हिन्दुहरुबाहेक अन्यको शव बिसर्जन गर्न नपाउने निर्णय गरेपछि यस्तो विवाद देखिएको हो ।

No comments: