News

Jan 18, 2011

कियाचु अमेरिकाको तेश्रो महा अधिबेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,न्यूयोर्क/नगेन्द्र ईङ्नाम "आठराईली"
जनवरी १५, न्यूयोर्क शहरको ज्याक्सनहाईट्स स्थित हिमालयन याक रेष्टुरेन्टको हलमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको तेश्रो महा अधिबेशन एघार सदस्यीय कार्य समितिको चयन् गरेर सम्पन्न भएको छ । चुनाव समितीले तोकेको निर्धारित समयमा कुनै पनि पदको लागि एकभन्दा बढी उम्मेद्बारी नपरे पछि निर्विरोध चुनिएका नयाँ कार्य समितिको अध्यक्षमा पूर्ण लिम्बु थेबे, उपाध्यक्षमा देबेन्द्र सम्बाहाम्फे, महासचिवमा दिपेस लिम्बू, सचिवमा बुद्ध चेम्जोङ र कोषाध्यक्षमा बिरेन्द्रहाङ लाबुङ लिम्बू तथा सदस्यहरुमा ईन्दिरा चेम्जोङ (तुम्बाहाम्फे), राम चोङ्बाङ, चेतन सुब्बा, देश लिम्बू चोङ्बाङ, सञ्जय सुब्बा मादेन र युगेश लिङ्देन छन । किरात याक्थुङ चुम्लुङ अमेरिकाका तदर्थ समितिका अध्यक्ष पूर्ण लिम्बु थेबेको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनलाई तीन चरणमा बिभाजनमा गरी सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा अध्यक्षको आसन पछि उपस्तितिलाई इन्दिरा चोङ्बाङले स्वागत, भुतपुर्ब कार्यसमिती सदस्य प्रेम प्रसाद मेन्याङ्बोले शुभकामना तथा भुतपुर्ब अध्यक्ष श्याम लिम्बु मेन्याङ्बोले संस्थाको बारेमा चर्चा गरेका थिए भने किरात याक्थुङ चुम्लुङ दुबई, किरात याक्थुङ चुम्लुङ कतार र टेक्सास अमेरिका कै सरोज सुब्बाबाट प्राप्त शुभकामना पत्रहरु बुद्ध चेम्जोङ्ले पढेर सुनाएका थिए । अधिवेशनको दोश्रो चरणको कार्यक्रममा संस्थाको बिधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम राखिएको थियो । सो अवसरमा जुद्ध प्रसाद कुरुम्भङले बिधानको मस्यौदालाई प्रस्तुत गरेका थिए भने बिधान माथिको संसोधनमा हुने टिका टिप्पणिलाई मुनिन्द्र बिक्रम नेम्बाङ्ले प्रत्युत्तर गरेका थिए । दिपेश लिम्बुद्वारा सञ्चालित सो चरणको कार्यक्रमलाई सभापति पूर्ण लिम्बु थेबेले औपचारिक रुपमा बन्द सत्रमा गएको जानकारी दिंदै टुंग्याएका थिए । चुनावी प्रकृयाको कार्यक्रमा राखिएको तेश्रो चरणको कार्यक्रममा चुनाव समितिको प्रमुख संयोजक श्याम सुब्बा मेन्याङ्बो तथा इन्दिरा चोङ्बाङ र जुद्ध प्रसाद कुरुम्भङलाई संयोजक तोकिएको थियो । नव निर्वाचित पदाधिकारीहरुलाई चुनाव समितिका प्रमुख संयोजक श्याम सुब्बा मेन्याङ्बोले खादा पहिर्‍याएर बधाई ज्ञापन गर्दै बिधानत नियुक्ती दिलाएका थिए । न्यूयोर्कवासी लिम्बुहरुको उल्लेख्य उपस्थिति रहेको आजसम्मको यो ऐतिहासिक महाधिवेशनमा बन्न पुगेको छ । संस्थाको हितको लागि योग्य र नैतिक पदाधिकारीहरुको चयन गर्ने उदेश्यले जम्मा भएका किरात याक्थुङ चुम्लुङ अमेरिकाको सदस्यहरुको उपस्थितीले महाधिवेशन स्थलको महौल साँच्चि नै महाधिवेशनमाया बनाएको थियो । आशा छ नयाँ कार्यसमितिले त्यो उपस्थितिको चाहनाअनुरुप काम गरेर त्यो उत्साहलाई जोगाई रहनेछ ।

No comments: