News

Jan 14, 2011

पर्यटन वर्ष दुई हजार एघारको आज औपचारिक शुभारम्भ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पर्यटन वर्ष दुई हजार एघारको आज औपचारिक शुभारम्भ भएको छ। काठमाडौंमा आयोजित भव्य समारोह बीच राष्ट्रपति डाक्टर रामवरण यादवले पर्यटन बर्षको शुभारम्भ गर्नुभएको हो। दिनको तीन बजेर पन्ध्र मिनेटमा भव्य समारोहबीच राष्ट्रपति यादवले पर्यटन वर्ष २०११ सुभारम्भ भएको घोषणा गर्नुभएको थियो।
उद्घाटन समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवास नेम्वाङ, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत अन्य दलका शीर्ष नेताको सहभागिता थियो। समारोहमा मन्त्री, सभासद् लगायत उच्च पदस्थ व्यक्तिहरुको पनि उल्लेख्य उपस्थिति थियो। नेपालको झण्डा र पर्यटन बर्षको झण्डा बोकेर रंगशालमा मार्च पास गरिएको थियो। सो क्रममा विविधता झल्किने सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। आकाशमा मोटर प्याराग्लाइडिङ मार्फत् बिभिन्न नारा लेखिएका झण्डा फहराइएको थियो।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले पर्यटनको प्रचुर सम्भावनालाई उपयोग गर्ने लक्ष्य सहित पर्यटन बर्ष २०११ को घोषणा गरिएको वताउनुभयो। उनले कम लगानीबाट छोटो अवधिमा बढी उपलब्धी हासिल गर्न सकिने पर्यटन क्षेत्रको प्रबर्द्धन तथा प्रचार प्रसारका लागि सरकारले अभियान थालेको पनि वताउनुभयो।
१० लाख पर्यटक भित्र्याउने लक्ष्य समित सरकारले १२ बर्षपछि राष्ट्रिय अभियान नेपाल पर्यटन बर्ष २०११ को सुरुवात गरेको हो। यसअघि सन् १९९८ मा सरकारले नेपाल भ्रमण बर्ष मनाएको थियो। साथै पर्यटन बर्ष दीप आमदब्लम हिमालको शिखरमा प्रज्वलित गर्न १० सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल पर्वतारोहण संघले उक्त टोली पठाएको हो।

No comments: