News

Jan 12, 2011

८० प्रहरी नायव निरीक्षकहरुलाई प्रहरी निरीक्षकमा बढुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २८ - गृह मन्त्रालयले नेपाल प्रहरी मातहतका ८० प्रहरी नायव निरीक्षकहरुलाई प्रहरी निरीक्षकमा बढुवा गरेको छ । निरीक्षकका लागि रिक्त कुल १ सय ६० पदहरुमध्ये आधामा बढुवा गरिएको हो । प्रहरी ऐन अनुसार आधा रिक्त पदको पूर्ति खुला प्रतिश्पर्धाबाट हुन्छ । गृह मन्त्रालयका अनुसार आन्तरिक रुपमा बढुवा हुनेहरुमा २०५५/ ५६ सालमा भर्ना भई स्नातक र प्रमाणपत्र तह उर्त्तिण र २०५७ सालमा भर्ना भई स्नातक गर्नेहरु मात्रै बढुवाको सूचिमा परेका छन ।
बढुवामा पर्नेहरुमा मर्यादाक्रम अनुसार खिनुमाया विष्ट, केशवबहादुर बस्नेत, शिवराज ढुङ्गना, भूपालसिंह राना, केशवकुमार शाह, खम्बजंग शाह, चन्द्रकुमारी गिरी, मनोजकुमार शाही उदय सिंह धामी भिमलाल बस्याल दश भित्र छन । त्यसैगरी वरियताका आधारमा बढुवा हुनेहरुमा लोकबहादुर गुरुङ्ग, सुरेन्द्रकुमार श्रेष्ठ, चन्द्रबहादुर केशी, बाबुकाजी गिरी, डिल्लीबहादुर चौहान, बिदुरकुमार थापा, लक्ष्मणबहादुर खडका, बोमबहादुर खडका, बिष्णुबहादुर सिंह (क), नविनकुमार अधिकारी, अमतलाल माझी, श्यामबहादुर साउद, ऐनबहादुर मल्ल, भागीरथ रेग्मी, सन्जिवकुमार खडका, राजकुमार शाही, अरुणकुमार सिंह, राजुप्रसाद शर्मा, घजिन्द्रबहादुर कार्की, अम्मबरबहादुर कार्की, लालबहादुर साउद, राजेश कार्की, मुरारी मिश्र, गणेसिंह महता, प्रेमबादुर क्षेत्री, लक्ष्मणबहादुर थापामगर, पाचु चौधरी, विश्व विजय ढकाल, श्रीकृष्ण पौड्याल, परशुराम मल्ल छन् ।
त्यस्तै बढुवा हुने अन्य सईहरुमा किरण प्रसाद न्यौपाने, होमबहादुर थापा नैनबहादुर साउद, राममणि उप्रेती, चन्द्रकुमारी गुरुङ्ग, गोपालप्रसाद पोख्रेल, कृष्णकुमार शर्मा, प्रदिप कार्की, हिमबहादुर गुरुङ्ग, कमल थापा, अशोकप्रसाद श्रेष्ठ, कुन्दन देव, भरत बहादुर शाह, केशरबहादुर कार्की, बिनोदकुमार धिताल, कमल रमण भटृराई, कृष्णगोपाल श्रेष्ठ, हेमकुमार खडका, शेख अदालत, सन्तोषकुमार पोख्रेल, लक्ष्मण खडका, कर्णबहादुर बम, जिवन तामाङ्ग, ललन प्रसाद राउत राउत कुर्मी, यमबहादुर गुरुङ्ग, विश्वराम नगरकोटी, हरि हमाल, रामशरण चौधरी, राजी नगरकोटी, कण्ठबहादुर शाह, राजेन्द्र अधिकारी, निर्मलकुमार थापा मगर, बिनोदकुमार उपाध्याय, रविन्द्रविक्रम शाह, मनोहर झा बाहुन, हिरणकुमार यादव, विमल पराजुली, श्रीप्रकाश यादव, पुरुषोत्तम सिलवाल र राजकुमार गुरुङ्ग छन् ।

No comments: