लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/निर्मल श्रेष्ठ
पुस २४ - मुम्वईमा थलिएका गायक कुमार कान्छाको उपचार हङकङेली कलाकारहरुले पनि रकम जुटाएर सहयोग गरेका छन् । हिमालयन् टोन्स म्युजिक एकेडेमीको अगुवाईमा स्थानीय कलाकारहरुले सत्तरी हजार रुपैयाँ संकलन गरेका हुन् । संकलित रकम शुक्रबार साँझ एकेडेमीमै आयोजित एक कार्यक्रममा संगीतकार दिनेश सुब्बाले ईकान्तिपुर दैनिकका हङकङ प्रतिनिधिलाई हस्तातरण गरेका थिए । कान्तिपुर पब्लिकेसन्स मार्फत उक्त रकम कान्छाका परिवारलाई पठाइने छ । स्पाइनल कर्डको शल्यक्रिया गर्दा दुवै खुट्टा नचल्ने गरी पक्षघात भएका कान्छा आर्थिक अभावमा रहेको समाचार संचारमाध्यमहरुमा आएपछि रकम संकलन गरिएको संगीत प्रशिक्षक समेत रहेका सुब्बाले बताए । 'नेपाली साँगीतिक क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्याएका गायक आपतमा रहँदा प्रवासमा रहने कलाकारहरुको पनि आफ्नो दायित्व सम्झिएर सक्दो सहयोग गरेका हौं,' उनले भने, 'कान्छाले चाडै पुरानै लय समात्न सकुन् भन्ने हाम्रो शुभकामना छ ।'
No comments:
Post a Comment