News

Jan 8, 2011

पौडेलको पक्षमा समर्थन जुटाउन साना दलहरुसँग छलफल गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काङ्ग्रेसले शनिबार प्रधानमन्त्रीका एकमात्र उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा समर्थन जुटाउन सरकार समर्थक साना दलहरुसँग छलफल गर्ने भएको छ । भोलिदेखि सुरु हुने संसदको नियमित हिउँदे अधिवेशन र प्रधानमन्त्री चुनावका विषयमा साना दलसँग छलफल गर्न लागेको संसदीय दलका मुख्य सचेतक लक्ष्मण घिमिरेले बताउनुभयो ।
अपरान्ह एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छलफलमा साना दलका प्रतिनिधिहरुलाई बोलाइएको मुख्य सचेतक घिमिरेले जानकारी दिनुभयो । प्रधानमन्त्री चयनलाई प्राथमिकतामा राखेर संसदको नियमित अधिवेशन बोलाइएकोले काङ्ग्रेसले प्रधानमन्त्रीका एकमात्र उम्मेदवार पौडेललाई समर्थन गर्न साना दलहरुलाई औपचारिक आग्रह गर्ने बताइएको छ । संसदको नियमित अधिवेशन भोली अपरान्ह चार बजेबाट सुरु हुँदैछ ।
बर्षे अधिवेशनमा १६ पटकसम्म भएको प्रधानमन्त्री निर्बाचनमा पौडेल पराजित हुनु भएको थियो । नेपाली काङ्ग्रेसले अहिलेकै अवस्थामा प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने र मतदानको क्रममा विपक्षमा बहुमत पुगेमा नैतिकताका आधारमा राजीनामा दिन सकिने बताउँदै आएको छ ।

No comments: