News

Jan 13, 2011

चुरोट नदिएको झोकमा पसलेमाथि गोली प्रहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभे, २८ पुस,चुरोट नदिएको भन्दै नकावधारी एक समूहले काभ्रेको पनौतीमा पसलेमाथि गोली प्रहार गरेको छ । पनौती-२ धनेश्वरमा पसल राखेकी इन्दिरा आचार्यमाथि नकावधारी समूहले गोली प्रहार गरेको हो । तीनजनाको समूहमा आएका नकावधारीले प्रहार गरेको गोली ४० वर्षीया आचार्यको दाहिने कुममा लागेको छ । घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । पसल बन्द भइसकेपछि बुधबार राति आठ बजे आएको नकावधारी समूहले पसल खोलेर चुरोट बेच्न दबाब दिएको थियो । तर, आचार्यले पसल खोल्न नमानेपछि उनलाई गोली हानिएको पीडितका आफन्तले बताए । उनले सटर भाडामा लिएर पसल सञ्चालन गरेकी हुन् । उनको घरबारे जानकारी भइनसकेको प्रहरीले जनाएको छ । घटनाका एक प्रत्यक्षदर्शीका अनुसार गोली हान्नेहरू रक्सीले मातेर आएका थिए । आपराधिक गतिविधिमा संलग्न व्यक्तिले पसले आचार्यमाथि गोली हानेको हुनसक्ने प्रहरीको आशंका छ । गोली हानेलगत्तै फरार भएका उनीहरूको खोजी भइरहेको काभ्रेका डिएसपी रवीन्द्र धानुकले जानकारी दिए ।

No comments: