News

Jan 16, 2011

अनमिनलाई माओवादीद्वारा दिवा भोजको आयोजना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले राष्ट्रसंघीय मिसन (अनमिन) लाई नेपालको शान्ति प्रक्रियामा पुर्‍याएको सहयोगका लागि धन्यबाद दिंदै आइतबार बिदाई गरेको छ । माओवादीले ललितपुर स्थित होटेल हिमालयमा दिवा भोजको आयोजना गरेर अनमिनको बिदाई गरेको हो । दिवा भोजमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत शीर्ष नेता सहित राष्ट्रसंघका विशेष प्रतिनिधि स्यामुअल तम्राट, अनमिन प्रमुख करिन लेनग्रेन लगायत पदाधिकारीहरु तथा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरु अमेरिका, बेलायत, रसीया, फ्रान्स र चीनका नेपालस्थित राजदूतहरु लगायत अन्य कुटनीतिकहरुको सहभागिता थियो । कार्यक्रममा माओवादी अध्यक्ष दाहालले अनमिन प्रमुख लगायतका पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । दाहालले नेपालको शान्ति प्रक्रियामा अनमिनको प्रंशसनीय भूमिका खेलेको बताए । औपचारिक रुपमा सरकारसँग बिदा भएको अनमिनको माओवादीले पनि बिदाई गरेको हो । लेनग्रेनले दलहरु आ-आफ्ना प्रतिवद्धता पूरा गर्नु पर्नेमा जोड दिइन् । उनले दलहरु सामु जनताको चाहना पूरा गर्न चुनौति रहेको उल्लेख गरिन् । अनमिन प्रमुख लेनग्रेन आजै न्यूयोर्क मुख्यालय फर्कन लागेकाले बिहानको खाना सहित बिदाई गरिएको माओवादीले जनाएको छ ।

No comments: