News

Jan 22, 2011

भव्य समारोहबाट लडाकु विशेष समितिलाई हस्तान्तरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एनेकपामाओवादीका लडाकुहरु मन्त्रिपिरषद् अन्तर्गत प्रधानमन्त्री माधवकुमार नेपाल संयोज रहेको विशेष समिति मातहत आएको औपचारिक घोषणा भएको छ । यो घोषणासँगै आजबाट माओवादीका लडाकुहरुको पार्टीबाट सम्बन्ध विच्छेद भएको छ । चितवनको शक्तिखोरस्थित माओवादी लडाकुहरुको तेश्रो डिभिजनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री माधवकुमार नेपाल र एनेकपामाओवादीका अध्यक्ष पुष्पकमल दाहालले लडाकुहरु विशेष समिति मातहत आएको सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो ।
विशेष समारोहमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डात्तोलन गरेपछि लडाकुहरु सरकार मातहत आएको औपचारिक घोषणा भएको थियो । समारोहमा राष्ट्रिय गान तथा राष्ट्रिय गीतहरु बजाइएको थियो । प्रधानमन्त्री माधवकुमार नेपाललाई लडाकुहरुले सलामी चढाएका थिए । त्यस अवसरमा लडाकुहरुले मास्रल आर्टका विभिन्न विदाहरुमा कौशल प्रर्दशन गर्नुका साथै विभिन्न जातिहरुको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।
कार्यक्रममा माओवादी अध्यक्षँ दाहालका साथै नेकपाएमाले का अध्यक्ष झलनाथ खनाल नेता केपी ओली नेपाली कांग्रेसका सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा मन्त्रीहरु प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रघुजी पन्त विदेश मामिला सल्लाहकार राजन भट्टराई प्रेस सल्लाहकार विष्णु रिजाल नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु सुरक्षा अंगका प्रमुखहरु नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

No comments: