News

Jan 16, 2011

प्रधानमन्त्रीमा उम्मेदवारी कायम राख्न पौडेल दौडधुपमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २ - कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी कायम राख्न भेटघाट तीब्र पारेका छन् । संसदीय दलको कार्यालय सिहंदरमा सभासद्हरुसँग उनले आइतबार बिहानैदेखि भेटघाट गर्न थालेका हुन् । बालाजु बोहोराटारस्थित निवासमा भेला आयोजना गर्ने तयारी रहेपनि अनावश्यक हल्ला हुने भयले पौडेलले संसदीय दलमै भेटघाट सुरु गरेको बुझिएको छ । शेरबहादुर देउवाले कही दिन अघि बुढानिलकण्ठस्थित निवासमा केन्द्रीय सदस्य र सभासद्हरुको भेला आयोजना गरी प्रधानमन्त्रीको उम्मेदवारमा आफ्नो दाबेदारी प्रस्तुत गरेपछि पौडेल समूह पनि आन्तरिक छलफलमा जुटेको हो ।
सभासद् कमला पन्तले भने संसदीय दलमा सामूहिक भेला आयोजना नगरिएको बताइन् । दलका नेताले सभासद् भेट्नु सामान्य भएको भन्दै उनले पार्टीभित्र प्रधानमन्त्रीको उम्मेदवारीलाई लिएर गुटबन्दी नरहेको स्पष्टीकरण दिइन् । संसदीय दलको विधानमा सरकारको नेतृत्व संसदीय दलका नेताले गर्ने उल्लेख भएपनि केन्द्रीय समितिले फरक निर्णय गर्न सक्छ । संसदीय दलमा देउवाको पक्षमा बहुमत पुर्‍याउन कठिन देखिएपछि केन्द्रीय समितिमार्फत पौडेलको नाम प्रधानमन्त्रीको उम्मेदवारमा दर्ता गराउन देउवा खेमाका नेताहरु सक्रिय भएका छन् ।

No comments: