लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराइ मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवं उद्योग मन्त्री महेन्द्र यादवले आफ्नो पार्टी सरकारवाट नहटने स्पष्ट गर्नुभएको छ । तमलोपा संस्थापन पक्षले सरकारवाट हटाउन अल्टिमेटम दिएपनि सरकारवाट हटनु पर्ने कुनै कारण नभएको उहाँले दावी गर्नुभयो । संसद सचिवालय सिंहदरवारमा पत्रकारहरुसँग कुरागर्दै यादवले पार्टी विभाजन सम्बैधानिक प्रकि्रर्यावाट भएकोले सरकारवाट हटनु पर्ने कारण नभएको बताउनु भएको हो । उहाँले आफ्नो पार्टी वर्तमान लोकतान्त्रिक गठबन्धनको निरन्तरताको पक्षमा रहेको स्पष्टगर्दै सरकारवाट हटनु पर्ने कारण नभएको जीकिर गर्नुभयो । अध्यक्ष यादवले आजै प्रधानमन्त्री माधवकुमार नेपालसंग परामर्श गर्नुभएको थियो ।
No comments:
Post a Comment