News

Jan 14, 2011

काठमाडौं जुम्ल्याहा विश्व व्यापार केन्द बन्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क, पुस ३० - जुम्ल्याहा विश्व व्यापार केन्द्र भवन । धेरैको कल्पनामा आउँछ, ‘सेप्टेम्बर ११’ अघिको न्युयोर्क शहरको त्यो गगनचुम्बी महल । नेपालमा कहिले बन्ला त्यस्तो ? यदि तपाई यो परिकल्पना गर्दै हुनुहुन्छ भने यसले साकार रुप लिने संकेत देखिएको छ । यस बिषयमा बुधबार न्युयोर्कको विश्व व्यापार केन्द्रमा नेपाल र विश्व व्यापार केन्द्र संघबीच प्रारम्भिक हस्ताक्षर सम्पन्न भएको छ । ग्राउण्ड जिरोमा अवस्थित विश्व व्यापार केन्द्रको भवनमा आयोजित एक कार्यक्रममा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशी र विश्व व्यापार केन्द्र संघका तर्फबाट निर्देशक रोवर्ट जे फुरेले हस्ताक्षर गरेका छन् । भवन निमार्णका लागि प्रस्ताव सहित सदस्यताका लागि प्रारम्भिक हस्ताक्षर भएको हो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष जोशीले ईकान्तिपुरसंग कुरा गर्दै भने ‘यो हस्ताक्षर पछि एक महिना भित्र हामीले हाम्रो व्यापारिक परियोजना प्रस्ताव गर्दैछौ । स्वीकृती आएपछि भवन निमार्ण शुरु हुन्छ ।’
भवन काठमाडौंमा निर्माण गरिने छ । हस्ताक्षर कार्यक्रममा नेपाली प्रतिनिधी मण्डल सहित नेपाली दुतावासका कालीप्रसाद पोख्रेलको पनि उपस्थिती थियो । हस्ताक्षर पत्रमा संसारका दुई ठुला अर्थतन्त्र भएका चीन र भारत माझ अवस्थित नेपालमा भवनको निर्माणले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने दावी नेपाली पक्षले गरेको छ ।
सन २००२ मा विश्व व्यापार संघको सदस्यता प्राप्त गरेपनि नेपालमा विश्व व्यापार केन्द्र निर्माण हुन सकेको छैन् । जोशीले थपे ‘विश्व व्यापारको सांकेतिक स्वरुप मानिने जुम्ल्याहा भनवको निर्माणले हाम्रो व्यापारिक हैसियतलाई विश्व माझ प्रवाहित पार्नेछ ।’ विश्वका १५ शहरमा भवन स्थापना गर्ने उदेश्य सहित सन् १९७० मा स्थापना भएको विश्व व्यापार केन्द्रको मापदण्ड अनुसार हाल सम्म विश्वका एक सय भन्दा बढी देशमा तीन सय २० वटा व्यापारिक केन्द्रहरु अस्तित्वमा छन् ।
भवन निर्माण विश्व व्यापार केन्द्रको मापदण्ड अनुसार गर्नेपर्नेछ । भवन निमार्णका लागि विश्व व्यापार केन्द्रको स्वीकृत पाएपछि उद्योग वाणिज्य संघले सरकारसंग जग्गाको माग गर्ने योजना रहेको छ । भवनमा सम्मेलन कक्ष, प्रर्दशनी कक्ष सहित पाँच तारे होटल हैसियतको आवास कक्षको निर्माण गरिने योजना छ् । त्यसका अतिरिक्त विभिन्न व्यापारिक नियोगका लागि कार्यालय कक्षको निर्माण गरिने छ ।हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशी र विश्व व्यापार केन्द्र संघका तर्फबाट निर्देशक रोवर्ट जे फुरे । तस्विर: डब्लुटीसीअनलाइन डट कम ।

No comments: