News

Jan 30, 2011

सहमतिको सरकारको नेतृत्व माओवादीले पाउनु पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटीले सहमतिको सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने बताएका छन्। शनिबार सानोठिमी क्याम्पसमा आयोजित अनेरास्ववियु क्रान्तिकारी अपाङ्ग विद्यार्थीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले सहमति निर्माणमा माओवादीले लचकता अपनाएको भए पनि काँग्रेस, एमालेले भने सर्त अघि सारेर सहमतीय प्रणाली भङ्ग गर्न खोजेको आरोप लगाएका छन्।
कार्यक्रममा मुलुकभरबाट करिब ७० भन्दा बढी क्रान्तिकारी समर्थित अपाङ्ग विद्यार्थीको सहभागिता थियो। क्रान्तिकारी अपाङ्ग विद्यार्थी सङ्घका अध्यक्ष धनप्रसाद न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका टेकनाथ न्यौपाने, खगेश्वर केसीलगायतका नेताले अब बन्ने संविधानमा अपाङ्गको हकअधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए।

No comments: