News

Jan 17, 2011

हिसिलालाई मञ्चबाट धकेलेर झारीयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भृकुटीमण्डमा भइरहेको माओवादी प्रशिक्षणमा माओवादी नेतृ हिसिला यमीलाई बोल्दाबोल्दै मञ्चबाटै झारिएको छ । माओवादीका नेवा राज्य इन्चार्ज हितमान शाक्यले यमीलाई मञ्चबाट धकेलर झारेका हुन् । पार्टीकै नेताले दुर्व्यवहार गरेपछि उनले प्रशिक्षण बहिष्कार गरेर बाहिरिएकी छन् । उनले पार्टीमा आन्तरिक जनवादको अभ्यास नभएको भन्दै आफैँ डायसमा गएर अध्यक्षले जवाफ दिनुपर्ने बताएकी थिइन् । यमीको आग्रहलाई बेवास्ता गर्दै प्रचण्डले सम्बोधनमा त्यस बारे कुनै विषय नै प्रवेश नगरी प्रशिक्षण टुंग्याएपछि आक्रोसित बनेकी यमी ‘एक हातले बज्दैनु, ‘आन्तरिक जनवाद, जिन्दावाद ‘भन्दै बाहिर निस्किएकी थिइन् । उनको आग्रहपछि बाबुराम पक्षीय सभासद र सहभागीहरुले समेत प्रशिक्षण बहिष्कार गरेका छन् । यमकी आग्रहपछि भट्टराई पक्षका सभासदहरु खिमलाल देवकोटा, हेमराज भण्डारी प्रशिक्षण छाडेका छन् । यसअघि नेकपा माओवादीद्वारा पार्टी कार्यकर्ताका लागि भृकुटीमण्डपमा आयोजित प्रशिक्षण सोही पार्टीका नेता बाबुराम भट्टराईले बहिष्कार गरेका थिए ।

No comments: