लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सोल/ उत्तर कोरियाले दक्षिण कोरियासँग पुनः वार्ताको प्रस्ताव राखेको छ । सो प्रस्तावमा उत्तर कोरियाले केही साताभित्रै दुवै पक्षबाट वार्ता गर्ने र कोरियाली प्रायद्वीपमा जारी तनाब कम गर्न आवश्यक समन्वय एवं सहयोगको वातावरण निर्माणका लागि पनि सुझाएको बताइएको छ । उत्तर कोरियाले गत २३ नोभेम्बरमा कोरियाली प्रायद्वीपमा गरेको आक्रमण र सो आक्रमणबाट दक्षिण कोरियाका चारको मृत्यु भएपछि उत्पन्न तनाब कम गर्ने प्रयासस्वरूप यो प्रस्ताव ल्याएको बताएको छ । उत्तर कोरियाको शान्ति तथा पुनः एकीकरणसम्बन्धी समितिका तर्फबाट गरिएको यो वार्ता प्रस्ताव दक्षिण कोरिया सरकारसँग विनासर्त वार्ताका लागि हो । उत्तर कोरियाले यसअघि नै यी दुवै देशका रेडक्रस सोसाइटी संगठनहरूबीच मानवीय एवं आर्थिक मुद्दामा वार्ता गर्ने प्रस्ताव राखेको थियो, तर दक्षिणले भने मानेको छैन ।

No comments:
Post a Comment