लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ संविधानमा लेख्ने विवादित विषयमा सहमति जुटाउन बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको बैठकले संविधान निर्माणकोको विषयलाई थप गति दिन संविधानसभाको नियमावलीलाई संसोधन गर्ने सहमति गरेको छ । त्यसैगरी आजको बैठकमा विवादित ८३ मध्ये तीन महत्वपूर्ण बुँदामा छलफल भईएको तर कुनै सहमति भने बन्न नसकेको नेताहरुले जानकारी दिएका छन् । आजको बैठकमा शासकीय स्वरुप राज्यको व्यवस्थापिकीय अङ्ग र निर्वाचन प्रणालीका विषयमा छलफल भएको थियो । यद्यपी बैठकले विवादित विषयमा सहमति जुटाउन छलफललाई निरन्तरता दिने सहमति भने गरेको छ ।
No comments:
Post a Comment