News

Jan 15, 2011

अनमिन गए मध्यरातीबाट विदा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन अनमिन गए मध्यरातीबाट विदा भएपछि आजदेखि उसले गर्दै आएको सबै काम माओवादी लडाकुको रेखदेख समायोजन र पुनः स्थापनसम्बन्धी विशेष समितिको जिम्मामा आएको छ ।
अनमिनले माओवादी लडाकु शिविर रेखदेख र हतियार अनुगमनको जिम्मेवारी सम्हाल्दै आएको थियो । अनमिन हिजोदेखि बिदा भएपछि विशेष समितिले नै सबै काम गर्न लागेको हो । प्रधानमन्त्री संयोजक रहेको सेना र हतियारको व्यवस्थापन रेखदेख तथा अनुगमन विशेष समितिको हिजो बसेको बैठकले चार ओटै सुरक्षा निकायबाट दुई दुई जना प्रतिनिधि रहने समितिलाई शिविरको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
समितिले आजैदेखि माओवादीका सात ओटै शिविरमा पुगेर काम थाल्ने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो अनुगमनका लागि विशेष समिति र मातहतको सचिवालयबाट प्रतिनिधित्व हुने ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो । सो समितिले नेपाली सेनाको एक र लडाकुको सात वटा हतियारको कन्टेनरको अनुगमन पनि गर्ने छ । यसैबीच विशेष समिति अन्तर्गतको सचिवालयको बैठक अहिले केहीबेरपछि बस्दै छ ।

No comments: