News

Jan 13, 2011

आजबाट प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उम्मेद्वारी फिर्ता लिएपछि आजबाट प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया सुरु हुने भएको छ । आज बस्ने व्यवस्थापिका संसदको बैठकमा पुरानो प्रकि्रया अन्त्य गर्दै नयाँ प्रक्रियाका लागि नियमावली संशोधनका विषयमा छलफल हुनेछ । संसदको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । संसदको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर नियमावली संशोधनका विषयमा छलफल हुनेछ । सिधै संसदको बैठकमा पेश गरेर नियमाली संशोधनका विषयमा छलफल गर्ने वा नियमावली संशोधनका लागि समितिको प्रस्ताव गर्ने भन्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउने छ ।
नियमावली संशोधन गरेर अघि बढ्ने या विद्यमान नियमावलीकै आधारमा अघि बढ्ने भन्नेबारे बिहीबार कार्यव्यवस्था परामर्श समितिमा छलफल हुनेछ । स्रोतअनुसार बिहीबारको कार्यव्यवस्था परामर्श समितिले नियमावली संशोधनका लागि समिति बनाउने सम्भावना छ । संविधान र संसद् नियमावलीमा पटक-पटकको निर्वाचनबाट पनि परिणाम ननिस्किई सबैको उम्मेदवारी फिर्ता भए के गर्ने भने कुनै प्रावधान छैन । त्यसैले अब कसरी अघि बढ्ने भन्ने निर्णय राजनीतिक दलहरूबीचको सहमतिमा भर पर्नेछ ।'नयाँ प्रक्रियामा कसरी जाने भन्नेमा दलहरूबीचको सहमति नै जरुरी छ,' एमाले सभासद अग्नि खरेलले भने, 'नियम कानुनमा यसरी नै जाने भन्ने कुनै स्पष्ट व्यवस्था छैन र यस्तो घटना यसअघि कहिल्यै भएको पनि थिएन ।'संविधानको धारा ३८ (१) मा राष्ट्रपतिबाट सहमतिमा प्रधानमन्त्री छान्न समय दिने र ३८ (२) मा बुहमतीय प्रक्रियाबाट प्रधानमन्त्री छनोट गर्न संसद्लाई आग्रह गर्ने प्रावधान छ ।

No comments: