News

Jan 27, 2011

गोर्खाल्याण्डवारे त्रिपक्षीय वार्ता पुनः निष्कर्श विहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी, माघ ११ - भारतीय केन्द्र सरकार, राज्य सरकार र गोर्खा जनमुक्ति मोर्चावीच दिल्लीमा मंगलवार भएको १२ औ त्रिपक्षीय वार्ता पुनः निष्कर्श विहीन बनेको छ । मोर्चा महासचिव रोशन गिरीले नेतृत्व गरेको वार्तामा गोर्खाल्याण्डवारे केन्द्र सरकारको प्रष्ट कुरा नआउँदा वार्ता निष्कर्शविहीन भएको हो । वार्तामा मोर्चाका महासचिवले गोर्खाल्याण्ड निर्माणमा पहल गर्न केन्द्र सरकार गृहमन्त्री पी चिदम्वरम र राज्यका मन्त्री अशोक भट्टाचार्यलाई आग्रह गरेका थिए । गृहमन्त्री चिदम्वरमले अन्तरिम व्यवस्था गठनपछि मात्रै गोर्खाल्याण्ड गठन गर्न सजिलो हुने बताएको वार्तामा सहभागि प्रचार सचिव हर्क क्षेत्रीले टेलिफोनबाट जानकारी दिए । दिल्लीको नर्थव्लकमा करिव डेढ घण्टा चलेको वार्तामा सहभागी तीनै पक्ष आगामी महिना तेह्रौ वार्ताका लागि सहमत भएका छन् । तर, वार्ताको मिति भने तय भइनसकेको मोर्चा महासचिव गिरीले जानकारी दिए । यसैवीच मोर्चाले भारतको गणतन्त्र दिवसलाई मध्यनजर गर्दै आउँदो शनिवारसम्मका लागि वन्द स्थगन गरेको छ ।

No comments: