News

Jan 13, 2011

अनमिनको काम सचिवालयले गर्ने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दलहरुवीच विवाद कायमै रहेको अवस्थामा सरकारले अनमिनको बहिर्गमनपछि माओवादी लडाकु तथा हतियारको रेखदेख सेना समायोजन विशेष समिति मातहतको सचिवालयले गर्ने निर्णय गरेको छ । दुई दिनपछि अनमिनको म्यादको नेपाल कार्यकाल सकिन लागेको अवस्थामा सरकारको यस्तो निर्णय आएको हो । अनमिनको अनुपस्थिति उसले गर्दै आएको काम सचिवालयले गर्ने निर्णय गरेको अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँले माओवादी नेतृत्वको सरकारले गरेको पुरानो निर्णयलाई नै आजको मन्त्री परिषदको बैठकले सदरगरेको उहाँले दावी गर्नुभयो ।

No comments: