लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाले प्रधानमन्त्री माधवकुमार नेपाललाई सरकारबाट हटेको औपचारिक जानकारी गराएको छ । आज बिहान प्रधानमन्त्री नेपाललाई भेटी तमलोपाले सरकारबाट हटेको जानकारी गराएको हो । भेटमा प्रधानमन्त्रीलाई सरकारमा रहेका मन्त्रीहरुको सामुहिक राजीनामा बुझाइएको थियो । पार्टी फुटाउने मन्त्रीलाई कारवाही नगरेको भन्दै तमलोपाले हिजो सरकारबाट हट्ने निर्णय गरेको थियो । केहीदिन अघि तमलोपाका ९ सभासद्ले अलग्गै पार्टी गठनको निर्णय गरेका थिए ।
No comments:
Post a Comment