News

Jan 19, 2011

गर्भवती भएको आरोपमा दुई कुकुर निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गर्भवती भएको अभियोगमा दुई कुकुरलाई सेवाबाट निलम्बित गरिएको छ । भारतको छत्तीसगढ सशस्त्र प्रहरीको सातौँ बाहिनीमा तैनाथ दुई कुकुरलाई गर्भवती भएको आरोपमा निलम्बन गरिएको हो । दुई कुकुरसहित उनका प्रशिक्षकलाई पनि कतव्र्यहीनता र गैरकानुनी काम गरेको भन्दै निलम्बन गरिएको छ । कुकुर गर्भवती भएको सम्बन्धमा यी प्रशिक्षकसँग स्पष्टीकरणसमेत मागिएको छ । सीमा र लिजा नाम गरेका दुई लेब्रोडोर जातका कुकुर गर्भवती भएको सम्बन्धमा छानबिन गर्न जाँच-बुझ समितिसमेत गठन गरिएको छ । यता कुकुर गर्भवती भएको आरोपमा निलम्बित भएका प्रशिक्षकले आफू निर्दाेष भएको बताएका छन् । कुकुर गर्भवती हुनुमा बाहिनी प्रांगणमा फैलिएको अव्यवस्था जिम्मेवार रहेको उनीहरूले आरोप लगाएका छन् । उनीहरूका अनुसार कुकुर राख्ने ठाउँ पुरानो र भत्किएको छ । कुकुर राति बाहिर निस्केर गल्लीका कुकुरसँग सम्पर्क राखेको अनुमान प्रशिक्षकले गरेका छन् । गर्भवती भएका दुई कुकुर छत्तीसगढ प्रहरीको डग स्क्वायडका सदस्य हुन् । डग स्क्वायडका सदस्यहरू नशालु पदार्थ सुघेँर अपराध अनुसन्धानमा मद्दत गर्छन् । बाहिनीको काममा यस्ता कुकुरको अत्यन्त आवश्यकता छ । त्यसैले यस्ता पोथी जातका कुकुरलाई भाले कुकुरभन्दा टाढा राखिन्छ । सीमा र लिजा गर्भवती भएपछि बाहिनीले ठूलो घाटा बेहोर्नुपरेको छ ।
कुकुरको बस्ने ठाउँ अत्यन्त अव्यवस्थित भएको सम्बन्धमा अधिकारीहरूलाई पटक-पटक जानकारी दिइएको पनि निलम्बित भएका कुकुर प्रशिक्षक मोहन गुप्ताले बताए । तर, गुप्ता यस सम्बन्धमा अधिकारीले कुकुरको बासस्थानको अर्का व्यवस्था नगरेको गुनासो गर्छन् ।
पोथी कुकुरलाई प्रहरीको ग्राउन्ड व्यायामशालामा राखिन्थ्यो । सीमाले डिसेम्बरमा सात छाउरालाई जन्म दिएकी थिइन् भने लिजाले १० । कुकुर गर्भवती भएपछि तुरुन्त उनीहरूका प्रशिक्षकलाई निलम्बन गरिएको थियो । रायपुरको डग स्क्वाडमा पाँच कुकुर कार्यरत छन् । कुकुर प्रशिक्षक मोहन गुप्ता भन्छन्, 'कुकुरको पेट फुलेर डाक्टरले एक्स-रे गरेपछि मात्र कुकुर गर्भवती भएको थाहा भयो । यसमा हाम्रो के दोष ? कुकुर गर्भवती भएपछि हामीले अवैधानिक काम गरेको भनेर निलम्बन गरिएको छ । यसबाट हामीलाई साह्रै मन दुखेको छ । प्रशिक्षकका अनुसार भारतका अन्य राज्य वा अर्धसैन्य बलमा कुकुर प्रशिक्षक सहायकसमेत राखिन्छ । तर, छत्तीसगढ सशस्त्रको साताँै बाहिनीमा आफूले मात्र सबै काम गर्नुपरेको प्रशिक्षकले गुनासो गरेका छन् ।

No comments: