News

Jan 22, 2011

सरकार गठनमा बिषयमा छलफल गर्न शिर्ष नेताको बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहमतिय सरकार गठन विषयमा छलफल गर्न मुख्य तीन दलका शिर्ष नेताको बैठक आइतबार बस्दै छ । सिंहदरबारस्थित शान्ति मन्त्रालयमा विहान साढे एघार बजे बस्ने बैठकमा सरकारको नेत्रित्व, शक्ती बाँडफाँड, सेना समायोजनक बिषयमा छलफल हुने बताइएको छ ।प्रमुख ३ दल जसको नाममा सहमती हुन्छ उसैको नेत्रित्वमा सरकार गठन गर्न सहमत भएपछी सरकार निर्माणको काम सहज हुने अपेक्षा गरिएको छ । एकीकृत नेकपा माओवादीले नेपाली काङ्ग्रेस र नेकपा एमालेले यसअघिको बैठकमा सरकारको दावेदारीसहित शान्तिप्रक्रिया तथा संविधान निर्माणबारे आ-आफ्नो मार्गचित्र पेश गरेका थिए ।विधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने माओवादीको तर्क छ ।यसैगरी काङ्ग्रेसले भने माओवादी र एमालेले यसअघि सरकारको नेतृत्व गरिसकेको र शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन नसकेकोले अबको सरकार आफूले चलाउनु पर्ने तर्क गरेको छ । एमालेले पनि सहमतीय सरकारमा आफ्नो दावी यथावत राखेको छ ।

No comments: